अमेरिकामा आज मध्यावधि चुनाव हुँदै

कार्तिक २२, २०७९ मा प्रकाशित
Published at 2022-11-08

75 views

काठमाडौँ । अमेरिकामा आज मध्यावधि चुनाव हुँदैछ। अमेरिकामा राष्ट्रपति चुनावको दुई वर्षपछि हुने चुनावलाई मध्यावधि अर्थात् मध्यान्तर चुनाव भन्ने गरिएको छ।

यो चुनावमा तल्लो सदनका सबै ४ सय ३५ र माथिल्लो सदन सिनेटको एक सयमध्ये ३५ ठाउँमा चुनाव हुन लागेको हो । राष्ट्रपतिको कार्यकाल तथा लोकप्रियता मापनको माध्यम यो चुनावलाई अमेरिकी नागरिकले निकै महत्त्वका साथ लिएका छन् ।

अमेरिकी राष्ट्रपति जो वाइडेन र पूर्व राष्ट्रपति बाराक ओबामा चुनावी अभियानमा हुनुहुन्छ । साथै, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रिपब्लिकन उम्मेदवारलाई जिताउन लागि पर्नुभएको बीबीसीले जनाएको छ । अहिले अलास्का, इन्डियाना, केन्टुकी, लुजियाना, ओक्लोहामा, साउथ क्योरोलिनासहित १४ वटा राज्यमा रिपब्लिकन पार्टीको वर्चस्व छ।

क्यालिफोर्निया, इलिनोई, मेरिल्यान्ड, न्युयोर्कलगायत आठ वटा राज्यमा डेमोक्रेटिक पार्टीको पकड छ । राष्ट्रपति जो वाइडेनले प्रजातन्त्र जोगाउने आह्वानसहित चुनावमा भाग लिन अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.