नेकपा बहुमतको नुवाकोट–रसुवा इञ्चार्ज ‘रक्तिम’लाई पक्राउ

कार्तिक २१, २०७९ मा प्रकाशित | 348 views

त्रिशुली । आगामी मंसिर ४ गते हुन लागिरहेको निर्वाचन बहिष्कारको प्रचार सामाग्रि टाँस गर्दै हिडेको भन्दै नुवाकोट प्रहरीले नेकपा बहुमतको नुवाकोट–रसुवा इञ्चार्ज पूर्ण विश्वकर्मा ‘रक्तिम’लाई पक्राउ गरेको छ । आगामी निर्वाचनको बहिष्कार सम्बन्धि प्रचार सामाग्रि टाँस गर्दै हिडेको भन्दै नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.१३ बाराही भन्ने स्थानबाट आइतबार अपरान्ह नेकपा बहुमतका नुवाकोट इञ्चार्ज रक्तिमलाई नियन्त्रणमा लिएको हो ।

नेकपा बहुमतका केन्द्रीय प्रवक्ता सुदर्शनले विज्ञप्ती जारी गर्दै पक्राउ परेका नुवाकोट–रसुवा इञ्चार्ज पूर्ण विश्वकर्मा ‘रक्तिम’लाई तत्कालै रिहा गर्न माग गरिएको छ । मोटरसाइकल सहित पक्राउ परेका रक्तिमलाई कारबाहीको लागी नुवाकोट प्रहरीले हिरासतमा राखेपनि अपराधको अभियोग भने लगाउन बाँकी रहेको छ ।

शान्तिपूर्ण रुपमा संसदीय चुनावको अवज्ञाको प्रचार सामाग्रि टाँस गर्ने क्रममा पक्राउ गरिएको ‘रक्तिम’लाई बिना शर्त रिहा गर्न र आफूले गरेको कार्य प्रति आत्मआलोचित हुनको लागी सचेत गराइएको छ ।
नेकपा बहुमतका केन्द्रीय प्रवक्ता सुदर्शनले जारी गरेको विज्ञप्तीमा सरकारले शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि गर्न, आफ्ना विचार प्रवाह गर्न पाउने कथित लोकतान्त्रिक गणतन्त्रको संबिधानले प्रदत्त गरेको स्वतन्त्रताको हकको पनि धज्जी उडाएको उल्लेख गरिएको छ ।

अहिले हुन लागेको निर्वाचन पुँजिवादी सत्ता र सरकारले देश र जनतालाई शोषण गरेर कंगाल बनाउन र मुठ्ठीभरका सिमित व्यक्तिहरुलाई मात्रै लाभ पुग्ने गरेर गराउन लागेको निर्वाचनको डटेर प्रतिवाद गर्नको लागी पनि नेकपा बहुमतले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web