नुवाकोटमा राप्रपा नेपालका उम्मेदवारले समेत एमालेलाई भोट दिने

कार्तिक २०, २०७९ मा प्रकाशित
Published at 2022-11-06

92 views

त्रिशूली । राप्रपा नेपालले नुवाकोटमा आफ्नो आधिकारिक उम्मेदवार फिर्ता लिदै मंसिर ४ गते हुने चुनावमा नेकपा एमालेको उम्मेदवारलाई सहयोग गर्ने भएको छ ।
शनिबार भएको नेकपा एमाले नुवाकोट र राप्रपा नेपाल बिचको समझदारी अनुसार राप्रपाको आधिकारिक उम्मेदवारहरु निष्क्रिय रहने र अबदेखि नेकपा एमालेको उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको हो ।
दुई पाटीबीच भएको सहमति पश्चात राप्रपा नेपालको तर्फबाट जारी गरिएको विज्ञप्तीमा बाम–लोकतान्त्रिकका उम्मेदवारलाई हराउनको लागी भन्दै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं .१ को उम्मेदवार पुष्प न्यौपाने र निर्वाचन क्षेत्र नं .१ को प्रदेस ख को उम्मेदवार केदार पौडेलले आफ्नो उम्मेदवारलाई निष्क्रिय बनाउदै नेकपा एमालेको आधिकारिक उम्मेदवारलाई समर्थन गरेको उल्लेख गरिएको छ ।


राप्रपा नेपालको तर्फबाट जारी गरिएको विज्ञप्तीमा उक्त पाटीको नुवाकोट संयोजक सुरज गुरुङ, राप्रपा नेपालको सहमहामन्त्री राजु थापा, प्रतिनिधिसभाको उम्मेदवार पुष्प न्यौपाने र प्रदेससभाका उम्मेदवार केदार पौडेलले हस्ताक्षर गरेका छन् ।
उनीहरुले बामलोकतान्त्रिक गठबन्धनलाई अलोकतान्त्रिक भन्दै उनीहरुको पाटीबाट उम्मेदवार भएकालाई पराष्त गर्नको लागी केन्द्रीय सर्कुलर अनुसार नुवाकोटमा राप्रपा नेपालले नेकपा एमालेको उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।
राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापालाई नेकपा एमालेले चुनाव चिन्ह सहित सहकार्य गरेपछि देशैभर नै राप्रपा नेपाल र नेकपा एमालेबीच तालमेल तथा गठबन्धन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.