यो साताभित्रै मतपत्र ढुवानी गरिसक्ने

कार्तिक २०, २०७९ मा प्रकाशित | 261 views

त्रिशूली । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम सकिएसँगै निर्वाचन आयोगले यही कात्तिक २४ गतेभित्र अर्थात यो साताभित्रै ढुवानी गरिसक्ने लक्ष्य निर्धारण गरिएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीका लागि चार करोड तथा समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी ८ करोड मतपत्र छपाइको काम सकिएको छ ।
प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गतका मतपत्र प्रत्येक निर्वाचन क्षेत्रमा पठाउन ढुवानीलाई तीब्रता दिइएको आयोगका सहायक प्रवक्ता ऋषीराम भुषालले जानकारी दिनुभयो ।
समानुपातिको मतपत्र यसअघि नै ढुवानी भइसकेको उहाँको भनाइ छ । एक सय वटा अपाङ्गमैत्री मतदान केन्द्र बनाउने निर्णय अनुसार ती मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण समेत प्रदान गरिने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web