दश महिनामा पाचलाख पर्यटक नेपाल भित्रिए

कार्तिक २०, २०७९ मा प्रकाशित | 235 views

त्रिशूली । यो अग्रेजी वर्षको १० महिनाको अवधिमा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गएको पुसदेखि कात्तिक १५ गतेसम्म पाँच लाख भन्दाबढीको सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएको पर्यटन विभागले जनाएको छ । विभाागका अनुसार असोजको दोस्रो साता यता मात्रै ८८ हजार ५ सय ८२ जना पर्यटक नेपाल भित्रिएका छन् । यो तथ्याङ्क गएको पुष महिनाको तुलनामा ८० प्रतिशतले बढि रहेको पाइएको छ । गएको पुष महिनामा १६ हजार ९ सय ७५ जना पर्यटक नेपाल भित्रिएका थिए ।
कोरोना रोगको सङ्क्रमण नियन्त्रणमा आएसँगै सार्क र पश्चिमा मुलकबाट पर्यटक आवागमन बढेको विभागले जनाएको छ । अघिल्ला वर्षहरुको जस्तै यो वर्ष पनि अरु मुलुकहरुको तुलनामा भारतीय पर्यटक भित्रने सङ्ख्या सबैभन्दा धेरै रहेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web