देशभरका एक सय वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइने

कार्तिक १७, २०७९ मा प्रकाशित | 214 views

काठमाडौँ । निर्वाचन आयोगले देशभरका एक सय वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउने भएको छ । आयोगले ती मतदान केन्द्रमा साङ्केतिक भाषा सूची राखेर मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण तालिम समेत दिने जनाएको छ ।

मतदान गर्ने तरिका सम्बन्धी ब्रेल सामग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गर्ने समेत जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अपाङ्गता भएका व्यक्तिहरुको सुविधालाई ध्यानमा राखेर देशभर एक सय वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउने निर्णय भएको जानकारी दिनु भएको छ ।

निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि देशभर १० हजार ८ सय ९२ ठाउँमा २२ हजार २ सय २७ वटा मतदान केन्द्र तोकेको छ । चुनाव आउन अब १७ दिन बाँकी छ । आजदेखि दल तथा उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन आयोगले आचारसंहिता पालना गर्दै चुनावी गतिविधि गर्न आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web