प्रतिबन्ध लागेको प्लाष्टिकका फूलमाला बजारभरि

कार्तिक ५, २०७९ मा प्रकाशित | 242 views

काठमाडौँ । सरकारले प्लाष्टिकका फूल र मालाको कारोबारमा रोक लगाए पनि बजारमा किनबेच भैरहेको छ ।

तिहारमा घरकोठा सजाउनको लागि प्लाष्टिकका फूलमालाको माग धेरै हुने भएकाले व्यापारीले पहिलेजस्तै निर्वाध बेचिरहेका छन् । वातावरण विभागले तिहार र छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न यसअघि नै सचेत गराइसकेको छ ।

गएको साउन १२ गतेदेखि नै प्लाष्टिकजन्य फूल, माला, तथा गुच्छाको उत्पादन, आयात र बिक्री वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाइएको विभागले स्मरण गराएको छ । विभागले नियम विपरीत कसैले यस्ता फूलमालाको प्रयोग गरेको वा बिक्री गरेको पाइए १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना हुने पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web