ओलीद्वारा नागरिकसँग ४ घण्टा टेलिफोनमा कुराकानी

कार्तिक ४, २०७९ मा प्रकाशित
Published at 2022-10-21

110 views

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रवार नागरिकसँग झन्डै चार घण्टा टेलिफाेनमा कुराकानी गर्नुभएकाे छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार उहाँले नागरिकसँग टेलिफाेनमा कुराकानी गर्नुभएकाे हाे । नागरिकसँग भएका कुराकानीले आफू उत्साहित भएकाे पनि अध्यक्ष ओलीले बताउनुभएकाे छ ।

उहाँसँग कुराकानी गर्न दुई लाख नाै हजार एक सय १६ जनाले नाम टिपाएका थिए । अध्यक्ष ओलीले सबैसँग कुरा गर्न नपाएकाे भन्दै यसलाई निरन्तरता दिने बताउनुभएकाे छ ।

गएकाे मङ्गलवार ओलीले फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै नागरिकसँग टेलिफाेन कुराकानी गर्ने बताउनुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.