लौरो, डोजर र क्रस खुकुरी रहेको चुनाव चिन्हमा सामान्य हेरफेर

अशोज २९, २०७९ मा प्रकाशित | 252 views

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको चुनाव प्रयोजनका लागि निर्धारित चिह्नमध्ये तीन वटा चुनाव चिह्नमा सामान्य हेरफेर गरेको छ ।

आयोगको असोज २७ गतेको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य चुनाव तथा प्रदेशसभा सदस्यको निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती चुनाव चिह्नको अनुसूचीमा रहेको आकारमा हेरफेर गरिएको हो । चिह्न भने उही रहेको छ । निर्वाचन आयोगमा अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले यस्ताे निर्णय गरिएको आयोगले जनाएको छ ।

क्रम सङ्ख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरो र स्वतन्त्र उम्मेदवारको चिह्न अन्तर्गत डोजर र क्रस खुकुरीमा समेत हेरफेर गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web