अबको तीन दिनको मौसम सामान्यतया सफा

अशोज २८, २०७९ मा प्रकाशित | 262 views

काठमाडौँ । तराईका केही जिल्लामा हुस्सु लाग्न थालेको छ । मनसुनको अवधि सकिन लागेसँगै तराईका जिल्लामा हुस्सु लाग्न सुरु भएको हो।

अहिले लागेको हुस्सु बिस्तारै हट्दै जाने र घाम लाग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन अन्तिमतिर भएकाले अब ठूलो वर्षाको सम्भावना छैन ।

आज, भोलि र पर्सि तीन दिनकै मौसम सामान्यतयता सफा रहेको उहाँले बताउनुभयो । तर मनसुनी प्रणाली कायमै रहेकाले पहाडी क्षेत्रका एक/दुई ठाउँमा भने हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

गएको १६ गतेसम्मको अवधि भनिए पनि यसपालि मनसुनको अवधि लम्बिएको छ । केही दिनयता मनसुन कमजोर बन्दै गएको छ । तर, बाहिरिन भने बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web