कतार विश्वकप आफ्नो लागि अन्तिम : अर्जेटिनी स्टार मेस्सी

अशोज २१, २०७९ मा प्रकाशित
Published at 2022-10-07

265 views

एजेन्सी । अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेस्सीले नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबल आफ्नो लागि ‘निश्चित रूपमा’ अन्तिम हुने बताउनुभएको छ ।

पेरिस सेन्ट जर्मनका पैँतीस वर्षीय फरवार्डले अर्जेन्टिनाको तर्फबाट चार पटक विश्वकप खेलिसक्नुभएको छ । सो क्रममा १९ खेलमा उनले छवटा गोल गरेको र थप पाँच गोलका लागि सघाएको देखिन्छ ।

सन् २०१४ मा अर्जेन्टिनालाई उहाँले उपविजेताको उपाधि दिलाउनुभयो भने आफ्नो कप्तानीमा सन् २०२१ को कोपा अमेरिकाको उपाधि दिलाउनुभयो ।

मेस्सीले अब आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन बाँकी छ । “निश्चित रूपमा त्यो मेरो अन्तिम विश्वकप हुनेछ,” उहाँले भन्नुभयो । ईएसपीएनसँग कुरा गर्दै मेस्सीले थप्नुभयो, “मैले विश्वकप फुटबलको दिनगन्ती गरिरहेको छु। एकसाथ चिन्ता र हडबडाहट छ ।”

सन् २००५ मा अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेका मेस्सीले अर्जेन्टिनाका लागि कूल १६४ खेलमा ९० गोल गर्नुभएको छ । फिफाको वरीयता क्रममा आर्जेन्टिना तेस्रो स्थानमा रहेको छ।

नोभेम्बर २० तारिखबाट शुरू हुने कतार विश्वकप फुटबलअन्तर्गत समूह सीमा अर्जेन्टिनाको भेट साउदी अरब मेक्सिको र पोल्यान्डसँग हुने छ ।

“विश्वकपमा जे पनि हुनसक्छ । सबै प्रतिस्पर्धा कठिन हुन्छन् । लोकप्रिय टोलीहरूले सधैँ जित नै निकाल्छन् भन्ने हुँदैन,” मेस्सीले भन्नुभयो ।

आफ्नो इतिहासका कारण र्ओन्टिना सधैँ एउटा दावेदारको रूपमा रहिआएको बताउँदै उहाँले भन्नुभयो, “अहिले पनि हामी दावेदार हौँ, तर हामी सबैभन्दा लोकप्रिय होइनौँ । मेरो विचारमा हामीभन्दा अरू पनि राम्रा टोली छन् ।”

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.