त्रिशुली बजारमा रहेको कपास उद्योगमा आगलागी

अशोज ७, २०७९ मा प्रकाशित | 268 views

त्रिशुली । बिदुर नगरपालिकाको वडा नं.१ त्रिशुली बजारमा रहेको कपास उद्योगमा आगलागी हुदाँ करीब पाच लाख रुपैयाँ नोक्सान भएको छ ।

त्रिशूली बजार स्थित राममन्दिर नजिकै शान्ता तामाङले सञ्चालन गर्दै आएको कपास उद्योगमा विद्युतीय गढबढको कारण आगो लाग्दा सेतो कपास करिब ३०० किलो, कालो कपास करिब ६०० किलो जलेर नष्ट भएको नुवाकोट प्रहरीले जनाएको छ ।

यस्तै, उद्योगमा रहेको कपासको डस्ना, पल्ला र कपास पेल्ने एक थान उपकरण समेत जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगो नियन्त्रणमा लिनको लागी विदुर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सहित स्थानीयबासी खटिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web