लच्याङको सल्लेनडाँडामा घुम्ती सेवा शिविर सम्पन्न

अशोज ५, २०७९ मा प्रकाशित | 1010 views

सूर्यगढी । वडा कार्यलय बाट प्रदान गरिने सबै सेवाहरु घुम्ती सेवा मार्फत हरेक महिनाको ५ गते सो दिन सार्बजनिक बिदा भए आर्को दिन सेवा प्रबाह गर्न सुर्यगढि गाउँपालिका १ नम्बर वडा साबिक लच्याङ ५ स्थित सल्लेन्डाडामा आयोजित घुम्ती सेवा प्रबाह उत्घाटन कार्यक्रमको अध्यक्षता यसै वडाका वडा अध्यक्ष राज कुमार तामाङ रन्जित , प्रमुख अतिथि सुर्यगढी गाउँपालिका अध्यक्ष शन्त बहादुर घले तामाङ , बिशेश अतिथी सुर्यगढी २ नम्बर वडा अध्यक्ष दिपक अधिकारी ,अतिथी वडा सदस्य रबिन्द्र गोले तामाङ्ग ,दलित महिला वडा सदस्य धन माया सुनार ,प्रत्याशि वडा अध्यक्ष उम्मेदवार बुद्ध तामाङ मोक्तान अन्य बुद्धिजीवी सर्कल ,सरोकारवाल आम सेवाग्राही जनताहरुको उत्साहजनक उपस्थितिमा घुम्ती सेवा प्रवाह उत्घाटन कार्य सप्पन्न भयो।

May be an image of 6 people, people sitting and people standing

उत्घाटन कार्यक्रममा पालिका अध्यक्ष सन्त बहादुर तामाङले आफ्नो मन्तव्य राख्नु हुँदै यस वडाले सुरु गरेको घुम्ती सेवा प्रवाह ,टोल बिकास सुधार समिती गठन लगायत अन्य गतिविधिमा वडा कार्य समितिले गरेको प्रभावकारी निर्णय प्रती धन्यवाद प्रकट गर्नु हुदै जनप्रतिनिधि शासक होइन सेवक बनेर जनताको सेवामा निरन्तर लाग्न निर्देशन दिनु भयो।

वडा अध्यक्षले आफ्नो मन्तव्य राख्नु हुँदै बिधिबत रुपमा आज बाट संचालनमा आएको र हरेक महिनाको ५ गते प्रवाह हुने सेवाले सम्पुर्ण जनतामा उत्साह छाएको र सेवाको पहुचबाट टाडा रहेका सबै जनता जनप्रतिनिधि सङ्ग सुमधुर सम्बन्ध स्थापित हुँदै जाने बिश्वास व्यक्त गर्नु भयो।

May be an image of 10 people, people sitting and people standing

सेवा प्रबाह लगायत अन्य बिकास निर्माणका हरेक क्रियाकलापमा सबैको साथ सहयोग र सल्लाह सुझाव आपेक्ष राख्नु हुँदै टोल बिकास सुधार समितीको औचित्य र उदेश्य जिम्मेवारी बारे स्पष्ट पार्नु हुँदै सेवाग्राही महानुभाबहरुलाई बदाई ज्ञपन गर्नु भएको थियो। उक्त उत्घाटन कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य रबिन्द्र गोले तामाङ र कार्यक्रम सन्चलन वडा सचिब दिनेश श्रेष्ठले गर्नु भएको थियो।उक्त घुम्ती सेवा मार्फत साबिक लच्याङ ५ को सल्लेनडाडा टोल ,साबिक ४ को जोङडाडाको तल्लो भेग , बरादिको गुरुङ टोल, थार गाउँ, कलाङ्चे ,डाडाटोल निवासी सम्पुर्ण सेवा लिने सेवाग्राही महानुभावहरुलाई हार्दिक बदाई दिइएको छ ।

May be an image of 9 people, people sitting, people standing, tree and outdoors

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web