पोखरामा एटीएम फुटाउने प्रयास, १ जना पक्राउ

2022-09-20 मा प्रकाशित | 286 views

कास्की । पाेखरा लेकसाइडकाे बाराही चोकमा रहेको एनएमबी बैंकको एटीएम मेशिन फुटाउने प्रयास गरेको आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । एटीएम फुटाउन खोजिरहेको अवस्थामा धादिङ घर भएका मनोज कुमाललाई पक्राउ गरेको हो ।

सोमवार राति एटीएम फोराेर पैसा निकाल्ने प्रयास गर्दै गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो । उनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिनुभयाे । प्रहरीले उनको साथबाट खुकुरी बरामद गरेको छ ।

पोखरामा पछिल्लो समय निरन्तर एटीएम फुटाउने प्रयास भइरहेकाे डीएसपी तिवारीले बताउनुभयाे । यसअघि लेखनाथकाे एक एटीएम फाेरेर झन्डै १४ लाख रुपैयाँ चोरी भएको थियाे । प्रहरीले त्याे घटनामा एक जनालाई पक्राउ गरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web