अछाममा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या २२, ११ जना घाइते

अशोज १, २०७९ मा प्रकाशित | 254 views

अछाम । अछाममा पहिरोमा परेर २२ जनाको ज्यान गएको छ । ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

ज्यान गुमाउने धेरैजसो बालबालिका रहेका छन् । ज्यान गुमाउने सबैको परिचय खुलेको छ । पहिरोमा पुरिएर ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही र २१ वर्षीया भावना शाहीको ज्यान गएको छ ।

त्यस्तै, कमलबजार नगरपालिका–६ की ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी र १२ वर्षीया सिरु कामीको ज्यान गएको अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

यस्तै, कमलबजार नगरपालिका–८ ढुङ्गलाका २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीया भाना दमाई, ६ वर्षीया डिग्रा दमाई, तीन वर्षीय कलु दमाई र चार वर्षीया कल्पना दमाईको ज्यान गएको छ । पहिरोमा परि ११ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको प्रादेशिक अस्पताल सुर्खेत र केहीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । केही डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web