राष्ट्रपतिले गरिन् प्रतिनिधिसभाको अधिवेशन अन्त्य

अशोज १, २०७९ मा प्रकाशित | 257 views

काठमाडौँ । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्नुभएको हो ।

संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको भोलिका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रियसभाले निकालेको सूचनामा उल्लेख छ । यस्तै प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनुाउनुभयो । आजको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्नुभयो भने सभामुख सापकोटाले प्रतिनिधिसभाको कामको विववरण प्रस्तुत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web