एक सय १० जनामा कोरोना पुष्टि

भदौ ३१, २०७९ मा प्रकाशित | 483 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा एक सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार आठ सय २७ जनाको नमुना परीक्षण गरेकोमा एक सय १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा एक सय २६ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६२ जनामा झरेको छ ।

यस्तै २४ घण्टा काेराेना भाइरसविरुद्धकाे खाेप लगाउनेकाे विवरण प्राप्त नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web