निर्माणाधीन भवनको लिफ्ट चुँडिएर सात जनाको ज्यान गयो

भदौ २९, २०७९ मा प्रकाशित
Published at 2022-09-14

169 views

काठमाडौँ । भारतमा निर्माणाधीन भवनको लिफ्ट चुँडिएर सात जनाको ज्यान गएको छ । अहमदबादमा निर्माणाधीन भवनको तेह्रौँ तलामा रहेको लिफ्ट चुँडिदा आठ जना मजदुर तल खसेका र उनीहरुमध्ये सात जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।

दुर्घटनामा एक जना घाइते भएका छन् । मजदुरहरुले लिफ्टबाट सामान ओसार्दै गर्दा चुँडिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ४१ मिटर उचाइबाट मजदुर खसेको यो घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.