मिनीट्रकको ठक्करबाट एक जनाको निधन, एक गम्भीर घाइते

भदौ २९, २०७९ मा प्रकाशित | 1007 views

त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा मंगलबार राती मिनीट्रकको ठक्करबाट एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारको लागी काठमाडौ लागिएको छ ।
मंगलबार राती करीब ८ः०० बजेको समयमा महादेवफाँट स्थित बा.२० च ९४४२ नं. को कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई मिनीट्रकले ठक्कर दिदाँ एक जनाको निधन भएको र एकजना गम्भीर घाइते भएको नुवाकोट प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) रमेश पण्डितले जानकारी दिनुभयो ।
उहाँको अनुसार बेलकोटगढी नगरपालिका–७ का ५५ वर्षीय बिरेन्द्र कुंवरको घटनास्थलमा नै निधन भएको हो । दुर्घटनामा घाइते भएका सोही स्थानका ४८ वर्षीय राजेन्द्र राईलाई थप उपचारको लागी काठमाडौ पठाइएको छ ।
मिनीट्रक चालकको लापरबाहीबाट दुर्घटना भएको भन्दै पीडित परिवार सहित स्थानीयबासीले शव उठाउन अस्वीकार गरेका छन् । उनीहरुले घटनास्थलमा बसेर हिजो रातीदेखि सुरु गरेको बिरोध प्रदर्शन अहिले (बुधबार बिहान)सम्म कायम छ ।
ठक्कर दिने बा.३ ख १६४ नं.को मिनीट्रक घटनापछि भाग्ने क्रममा स्थानीयबासीले बेलकोटगढी–५ केउरिनी भन्ने स्थानबाट नियन्त्रणमा लिएर आगो लगाइदिएका छन् । चालकलाई नियन्त्रणमा लिइएको नुवाकोट प्रहरी प्रमुख रमेश पण्डितले जानकारी दिनुभयो ।
दुर्घटनापछि फरार भएको मिनीट्रकलाई रोक्न वेवास्था गरेको भन्दै स्थानीयबासीले प्रहरी चौकी तारुकाको देवीघाट–गल्छी सडक खण्डमा रहेको प्रहरी युनिटमा समेत क्षति पुराउने प्रयास गरेका छन् ।
घटनापछि गल्छी–रसुवागढी अन्तराष्ट्रिय राजमार्गको देवीघाट–गल्छी सडक खण्ड पूर्ण रुपमा अबरुद्ध छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web