वाग्मती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

भदौ २२, २०७९ मा प्रकाशित | 279 views

काठमाडौँ । आज वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जिव अधिकारीका अनुसार आज दिउँसो वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

वाग्मती प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेकोले पहाडी क्षेत्रमा भू–क्षय, पहिरो तथा बाढीको जोखिम रहेको छ । साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्को अनुरोध छ ।

मौसमविद्का अनुसार आज वाग्मती, गण्डकी र प्रदेश १ का केही ठाउँमा र बाँकी प्रदेशका एक दुई ठाउँमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । अहिले वाग्मती र गण्डकी प्रदेशको मौसम बद्ली भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web