नासाले चन्द्रमामा पठाउने भनिएको रकेटको प्रक्षेपण रोकियो

भदौ १३, २०७९ मा प्रकाशित
Published at 2022-08-29

189 views

काठमाडौँ । अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको छ । रकेटको इन्जिनमा समस्या देखिएपछि आजका लागि परीक्षण प्रक्षेपण स्थगित गरिएको नासाले जनाएको छ ।

यसअघि नेपाली समयअनुसार आज बेलुकी ६ बजेर १८ मिनेटमा रकेट प्रक्षेपण गर्ने तयारी थियो । रकेट प्रक्षेपणको अर्को सम्भावित मिति आउँदो शुक्रवारलाई तोकिएको छ । आर्टमिस नामको यो कार्यक्रमले मानिसलाई पुनः चन्द्रमामा पुर्‍याउने लक्ष्य लिएको छ । यस अभियानअन्तर्गत पहिलो पटक अश्वेत मानिस र महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउन लागिएको नासाले जनाएको छ ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले यस कार्यक्रमले नयाँ युगको सुरुवात गर्ने बताउनुभएको थियो । स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको याे रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो । यसले चन्द्रमामा ५० वर्षको अन्तरमा आउँदो दुई वर्षभित्र मानिस उतार्ने आधार खडा गर्ने भनिएको छ । अन्तरिक्षयानले चन्द्रमाको ठूलो कक्षमा परिक्रमा गर्दै ६ हप्तापछि प्रशान्त महासागरमा खस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.