१० वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

भदौ ८, २०७९ मा प्रकाशित | 278 views

१० वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौँ । सरकारले १० वटा निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सम्झौता अनुसार काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना निकालेर कालोसूचीमा राखिएको जनाएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा १ अनुसार उनीहरुले तोकिएको अवधिसम्म काम गर्न पाउने छैनन् । सार्वजनिक निकायबाट लेखी आएका आधारमा कालोसूचीमा राखिएको र तोकिएको अवधिसम्म उनीहरुले कुनै पनि खरिदको कामकारबाही गर्न नसक्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web