पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको अनुमान

भदौ ८, २०७९ मा प्रकाशित | 318 views

काठमाडौँ । हिजो हल्कादेखि मध्यम वर्षा भएसँगै आज केही शीतल भएको छ । हिजो दिउँसोपछि काठमाण्डौसहित धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो । आज गएका केही दिन अघिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् ।

केहीबेर घाम र केहीबेर बादल लाग्ने भएकाले आज गर्मी कम हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । आज पहाडी क्षेत्रमा दिउँसो र बेलुकाको समयमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । तराईका जिल्लामा भने फाट्फुट्ट मात्रै पानी पर्ने अनुमान छ । मौसमविद् मानन्धरका अनुसार आज, भोलि र पर्सिकोे मौसम उस्तै रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web