अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली विस्फोट

भदौ २, २०७९ मा प्रकाशित
Published at 2022-08-18

158 views

काठमाठौँ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक मस्जिदमा शक्तिशाली विस्फोट भएको छ ।

विस्फाेटमा परेर तीन जनाको ज्यान गएको पुष्टि भएको छ । कयौँ घाइते भएका छन् ।

विस्फाेटमा परेर ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या बढ्न सक्ने काबुल प्रहरीले जनाएको छ । विस्फाेटमा परेर २० जनाको ज्यान गएको र ४० जनाभन्दा धेरै घाइते भएको भनिए पनि पुष्टि हुन भने सकेको छैन । हिजो बेलुका नमाज पढ्ने समयमा मस्जिदमा विस्फाेट भएको बीबीसीले जनाएको छ ।

गएको वर्ष तालिबान सत्तामा आएपछि काबुलमा भएको यो सबैभन्दा ठूलो विस्फाेटको घटना हो । विस्फाेट कसले गरायो भन्नेबारे पुष्टि हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.