उपत्यकाको फोहर बिसर्जनमा सहमति, सहमतिको कार्यान्वयनमा भने आशंका

भदौ २, २०७९ मा प्रकाशित | 281 views

ककनी । काठमाडौ उपत्यकाको फोहर बञ्चरेडाँडामा फाल्ने क्रममा भइरहेको अवरोध हटाउन नुवाकोट, धादिङ र काठामाडौ तीन जिल्लाका सुरक्षा निकाय र जनप्रतिनिधि चार बुँदे सहमति भएको छ ।
काठमाडौ उपत्यकाको फोहर बञ्चरेडाँडामा लैजाँदा उत्पन्न समस्याबारेमा छलफल गर्न बसेको तीन जिल्लाको सयुक्त सुरक्षा समितिको बैठकमा काठमाडौ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी र त सुरक्षा निकायका प्रतिनिधि सहित आमन्त्रित सदस्यको रुपमा सम्बन्धित पालिकाका पदाधिकारीको सहभागिता रहेको बैठकले गरेको चारबुँदे निर्णय मध्ये मुख्य तीनबुँदाले फोहर बिसर्जनमा उत्पन्न समस्या समाधानको लागी केन्द्रित गरिएको छ ।
सुरक्षा निकाय र जनप्रतिनिधिले सयुक्त रुपमा गरेको निर्णयमा फोहर बोकेर आउने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, जथाभाबी फोहर फाल्न नपाउने, बञ्चरेडाँडामा फोहर थुपार्ने ठाउँमा गन्ध नआउने औषधि छर्किनुपर्ने र गएको जेठ २६ गते सहित यसअघि भएका सबै सहमति कार्यान्वयन गर्दै जाने भनिएको छ ।
बैठकमा काठमाडौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहित तीनवटै सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

No photo description available.
No photo description available.

यस्तै, आमन्त्रित सदस्यको रुपमा काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाको अध्यक्ष सुमन तामाङ सज्जन, धुनीबेसी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यलगायत जनप्रतिनिधि र केही प्रभावित स्थानीयवासी पनि सहभागी भएका थिए ।
यसैबीच, काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा बिसर्जनको लागि बुधबार पनि दिनभर अबरोध भएसगैँ ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको छ । त्यसक्षेत्रमा दुई जना प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा दुईसयको हाराहारीमा सुरक्षाकर्मी खटाइएको हो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेराज मैनाली र सशस्त्र प्रहरीका एसपी ज्ञानप्रसाद भुर्तेलको नेतृत्वको टोली सहितको सुरक्षाकर्मी बन्चरेडाँडामा खटाइएको हो ।
यसअघि काठमाडौंबाट फोहोरको गाडी बोकेर गएका गाडीको सुरक्षाका लागि एसपीभन्दा तल्लो दर्जाका सुरक्षाकर्मी परिचालन गरिएकोमा अहिले सुरक्षा व्यवस्थाा थप कडाई गरिएको हो । सुरक्षा व्यवस्था कडाई गरेको भएपनि फोहर बिसर्जनमा अबरोध भने कायमै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web