फोहर फाल्न स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीले ५ राउन्ड हवाई फायर गर्‍यो

साउन ३१, २०७९ मा प्रकाशित
Published at 2022-08-16

174 views

छत्रेदेउराली । काठमाण्डौको फोहर फाल्न स्थानीयवासीले अवरोध गरेपछि नुवाकोटको बञ्चरेडाँडामा प्रहरीले हवाई फायर गरेको छ ।

आज मङ्गलवार दिउँसो काठमाण्डाैबाट लगिएको फोहरका गाडीलाई स्थानीयवासीले रोकेपछि पाँच राउन्ड हवाई फायर गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । स्थानीयवासीले अवरोध गरेपछि प्रहरीले केहीबेर माइकिङ गरेर सम्झाइ–बुझाइ गर्दा उनीहरूले उल्टै ढुङ्गामुढा गर्न थालेपछि पाँच राउन्ड हवाई फायर गरिएको मैनालीले बताउनुभयो ।

झडपपछि फोहर विसर्जनको काम रोकिएको छ । अवस्था सामान्य बन्दै गएपछि फोहर विसर्जनको काम सुरु गरिने नुवाकोट प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा नुवाकोट रकाठमाण्डौका दुई सयभन्दा धेरै प्रहरी खटिएका छन् । केही दिनयता स्थानीयवासीले अवरोध गरेपछि सुरक्षाकर्मीको उपस्थितिमा फोहर फाल्ने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.