देवीघाट । नुवाकोटबाट अमेरिका गएर बसोबास गर्दै आएकाहरुको संगठित सँस्था नुवाकोट–अमेरिका सम्पर्क समितिले देवीघाटमा रहेको शहीद जगतप्रकाशजंग शाह माविलाई ढेड लाख रुपैयाँ सहयोग गरेको छ ।
नेपाली काँग्रेसको भातृ सँस्थाको रुपमा रहेको नुवाकोट–अमेरिका सम्पर्क समितिको तर्फबाट शहीद जगतप्रकाशजंग शाह माविलाई आर्थिक सहयोग स्वरुप पहिलो चरणमा एक लाख ५३ हजार ५४४ रुपैयाँ नगद सहयोग गरेको समितिका सभापति बिज्ञान खनालले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरे अनुसारको विषयहरु अग्रेजी माध्यमबाट अध्यापन गराउने तथा संस्कृत व्याकरण, संस्कृत साहित्य, कर्मकाण्ड ज्योतिष, आयुर्वेद लगायतका शास्त्रीय विषयहरु सहित कम्युटर समेत संलग्न गराई आधुनिक शिक्षा प्रवाहमा केन्द्रित रहेकाले उक्त विद्यालयलाई दैनिक खर्च सञ्चालनको लागी नगद रुपैयाँ सहयोग गरिएको हो ।
२०५५ सालमा स्थापना भएको विद्यालयमा हाल अहिले बालकक्षादेखि कक्षा १० सम्म ४८० भन्दाबढी विद्यार्थी अध्ययनरत रहेका छन् भने कक्षा ६ देखि १० सम्ममा संस्कृत शिक्षा अध्ययनको लागी ३३ जना विद्यार्थी आवाशीय रुपमा रहेको विद्यालयका प्रधानध्यापक मञ्जु चित्रकारले जानकारी दिनुभयो ।
विद्यालयलय आवाशीय विद्यार्थी राख्न एक वर्षमा करीब १० लाख रुपैयाँ खर्च लाग्ने भनेर सहयोगको लागी गरिएको आग्रह अनुसार नुवाकोट–अमेरिका सम्पर्क समितिको तर्फबाट पहिलो चरणको सहयोग स्वरुप एक लाख ५३ हजार ५४४ रुपैयाँ उपलब्ध गराएको र आगामी दिनमा क्रमशः थप सहयोग जारी रहने सम्पर्क समितिका सूचना तथा प्रचार विभाग प्रमुख जनकराज ढुङ्गानाले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार नुवाकोटको शिक्षा क्षेत्रमा सहयोग पुराउनको लागी केन्द्रीय रहेको नुवाकोट–अमेरिका सम्पर्क समितिले जिल्लाका विभिन्न २० वटा विद्यालयमा अहिलेसम्म करीब १० लाख रुपैयाँ सहयोग उपलब्ध गराइसकेको छ ।
20.04¡ÆC