त्रिशूली । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको आयोजनामा १५० जना सवारी चालकको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
ट्राफिक प्रहरी कार्यालय नुवाकोटको आयोजनामा सापकोटा मेडिकल हल तथा पोलिक्लिनिक र पूजा चस्मा पसलको प्राबिधिक सहयोगमा सवारी चालक तथा सह-चालकलाई लक्षित गरी आयोजना गरेको स्वास्थ्य परीक्षण शिविरमा १ सय ५० जना चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको हो ।
नुवाकोटको बिदुर नगरपािलका वडा नं २ बिदुरस्थित ट्राफिक प्रहरी कार्यालय भवन अगाडी स्वास्थ्य परीक्षण तथा परामर्श शिविर संचालन गरेर चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई विभिन्न प्रकारका रोगबाट बच्न परामर्श दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख, वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधी खकुरेलले बताउनुभएको छ ।
परीक्षणका क्रममा जाँच गराउन आएका ब्यक्तिहरुमा उच्च रक्तचाप र आँखामा समस्या देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई समय अभावका कारण नियमित स्वास्थ्य परीक्षणमा समस्या देखिरहेको समयमा ट्राफिक प्रहरी आफैले निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दा उनीहरुलाई प्रत्यक्ष लाभान्बित भएका छन् ।
तस्वीर सौजन्य : जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोट ।




24.12¡ÆC