प्रसिद्ध उपन्यासकार सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

साउन २८, २०७९ मा प्रकाशित | 543 views

काठमाडौँ । विश्व प्रसिद्ध उपन्यासकार सलमान रुस्दीमाथि आक्रमण भएको छ ।

अमेरिकाको न्युयोर्कमा एक कार्यक्रममा मञ्चमा बसिरहेका बेला रुस्दीलाई छुरा प्रहार गरिएको हो । उहाँको घाँटीमा छुरा हानिएको न्युयोर्क प्रहरीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुस्दीलाई हेलिकप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको छ । उहाँको भेन्टिलेटरमा उपचार चलिरहेको र बोल्न नसक्ने अवस्था रहेको अस्पताललाई उद्धृत गरी बीबीसीले जनाएको छ । आक्रमणकारीलाई प्रहरीले पक्राउ परेको छ ।

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’बाट चर्चित हुनुभएको हो । ७५ वर्षीय रुस्दीले अहिलेसम्म चार वटा पुस्तक लेख्नुभएको छ । सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’का कारण उहाँ नौ वर्षसम्म भूमिगत हुनुपरेको थियो ।

पुस्तक प्रकाशित भएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गरी उहाँको टाउकाेको मूल्य ३० लाख अमेरिकी डलर तोकिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web