बेलकोटगढी केन्द्रविन्दू भएर ५.३ रेक्टरस्केलको भूकम्प

साउन २१, २०७९ मा प्रकाशित
Published at 2022-08-06

288 views

त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकालाई केन्द्रबिन्दु बनाई आज बिहान भूकम्पको पराकम्प गएको छ । बिहान ५ बजेर २६ मिनेटमा गएको पराकम्प नुवाकोट, रसुवा, धादिङ काठमाडौ, सहितको जिल्लामा भूकम्पको पराकम्प महशुस गरिएको थियो ।
बेलकोटगढी नगरपालिकालाई केन्द्र बिन्दु बनाएर गएको पराकम्प ५ दशमलव ३ रेक्टर स्केलको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अहिलेको कम्पन २०७२ सालमा गएको भूकम्पको पश्चातको पराकम्प भएको उल्लेख गरिएको छ ।  पराकम्पले करीब दुई सकेण्डजति हल्लाएको थियो । कम्पनको कारण क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको नुवाकोट प्रहरीले जनाएको छ । 

No description available.
यसअघि, यही साउन १५ गते पनि खोटाङको साकेला गाउँपालिकालाई केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.