नेपालले ‘ताइवान स्वतन्त्रता’ काे विराेध गर्नेमा विश्वस्त छु : राजदूत यान्छी

साउन १९, २०७९ मा प्रकाशित
Published at 2022-08-04

522 views

काठमाडौ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालले ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे ट्विटरमार्फत टिप्पणी सार्वजनिक गर्दै राजदूत यान्छीले नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिने विश्वास रहेको उल्लेख गर्नुभएको छ । चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ‘ताइवान स्वतन्त्रता’ को दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ भन्दै उहाँले यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि रहेको बताउनुभएको छ ।

पेलोसीले चीनको ताइवान क्षेत्रको भ्रमण गर्नु एक चीन सिद्धान्त र चीन–अमेरिकाको राजनीतिक आधारको गम्भीर उल्लङ्घन भएको राजदूत यान्छीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.