नुवाकोट । लिओ क्लब अफ नुवाकोट क्यापिटलले आयोजना गरेको एकदिने निशुल्क आखा परिक्षण शिबिरमा ३०० जना आँखाका बिरामीले सेवा लिएका छन् ।
आईतबार दृष्टि आँखा केन्द्र बट्टार शाखासँगको सहकार्यमा बिदुर नगरपालिका वडा नं ४ स्थित पुरानो पाटीमा आयोजित एकदिने निशुल्क आँखा परिक्षण शिबिरमा ३०० जनाले आँखाको परिक्षण गराएको लिओ क्लब अफ नुवाकोट क्यापिटलका अध्यक्ष निरु श्रेष्ठले बताउनुभएको छ ।
शिबिरमा दृष्टि आँखा केन्द्र बट्टार शाखाका चिकित्सक राजेशकुमार चौरसियाबाट आँखाको परिक्षण गराईएको छ भने लिओ क्लब अफ नुवाकोट क्यापिटलका उपाध्यक्ष तथा नर्स सुस्मा पाण्डेले आँखा परिक्षण गराउन आउने बिरामीलाई आँखाको हेरचाह, चिकित्सकको सिफारिसमा बितरण गरिएको औषधीको प्रयोग गर्ने तरिका लगायतका बारेमा परामर्श दिनुभएको छ ।
दृष्टि आँखा केन्द्र बट्टार शाखाका चिकित्सक राजेशकुमार चौरसियाका अनुसार शिबिरमा आँखा परिक्षण गर्न आउनेमध्ये अधिकांशमा निन्द्रा नलाग्ने समस्या, आँखा दुख्ने तथा चिलाउने, धमिलो देख्ने, जलबिन्दु भएको पाईएको छ भने १० जनामा मोतियाबिन्दु भएको पाईएकोले उनीहरुलाई शल्यक्रियाको लागी काठमाडौँ रिफर गरिएको छ ।

यसैगरी, शिबिरमा लिओ क्लब अफ नुवाकोट क्यापिटलको आर्थिक सहयोगमा शिबिरमा आँखा परिक्षण गराउन आउने २५ जना बालबालिकालाई औषधी सहित निशुल्क चस्मा बितरण गरिएको लिओ क्लब अफ नुवाकोट क्यापिटलका सचिब कबिता ल्वागुनले जानकारी दिनुभएको छ ।
नुवाकोटको बिभिन्न स्थानमा सामाजिक कार्य गर्न सक्रिय लिओ क्लब अफ नुवाकोट क्यापिटलले यसअघि पनि बृक्षारोपण, स्वास्थ्य शिबिर, युवाहरुको क्षमता अभिबृद्धिको लागी तालिम सञ्चालन लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

25.12¡ÆC