सम्पादक थपलिया सञ्चार उद्यमी सम्मान २०७९ द्धारा सम्मानीत

साउन १६, २०७९ मा प्रकाशित | 372 views

काठमाडौ । शिवपुरी मिडिया नेटवर्क प्रा.लिका अध्यक्ष तथा सगरमाथा पोष्ट डट कम का सम्पादक रबिनप्रसाद थपलिया सञ्चार उद्यमी सम्मान २०७९ द्धारा सम्मानीत हुनुभएको छ ।
सम्पादक थपलियालाई निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।
बिगत २२ बर्ष देखि नेपाली पत्रकारीता जगतमा सक्रिय रहनु भएका बरिष्ठ पत्रकार थपलियाको प्रकाशनमा अग्निवाँण पाक्षिक पत्रिका बिगत १५ बर्ष देखि निरन्तर प्रकाशीत हुंदै आइरहेको छ । सम्पादक थपलिया मुलधारका पत्रिका, रेडियो र अनलाइन गरी बिभिन्न सञ्चारमाध्यममा काम गदै पत्रकारीतामा दुई दशक बढी योग्दान दिनुभएको छ । राष्ट्रिय अपांग पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सहित सम्पादक थपलिया बिभिन्न संघ संस्थामा नेतृत्व गरिरहनु भएको छ ।

निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझा, नेपाल जागरण मिडियाका अध्यक्ष रंजित धमला र न्युजलाईन्स मिडियाका प्रबन्ध निर्देशक रिता भट्ट (ढकाल)लाई पत्रकारिता उद्यमशिलता पुरस्कारबाट सम्मानित गरिएको छ भने पत्रकारितातर्फ राजधानी राष्ट्रिय दैनिकका आर्थिक बिट प्रमुख मधुजंग पाण्डेलाई आर्थिक पत्रकारिता पुरस्कार र न्युज नेपाल एचडिका संचालक तथा क्यामरापर्सन प्रताप भट्टलाई फोटोपत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो ।

त्यसैगरि, अन्य पेशाकर्मी तर्फ फेसियल हाउसकी संचालक सुस्मा महरा राष्टिय महिला उद्यमी सम्मान, सरकारी सेवामा सेवारत नेपाल सरकारका अधिकृत प्रदिप न्यौपाने राष्ट्र सेवा सम्मान, सेफ लक्ष्मण प्रसाद भण्डारी हस्पिटालिटी सम्मान, विण्डो नेपाल एजुकेशन सेण्टरका संचालक तथा प्रबन्ध निर्देशक नारायण रेग्मी शिक्षा सेवा सम्मान, बाल गृह संचालक तिल बहादुर कार्की अपागंता सेवा सम्मान, सुनेरा ईन्टरनेशनलका संचालक, सन्तोष कोईराला वैदेशिक रोजगारदाता सम्मान, नेपाली व्यवसायस् संघ कतारका महासचिव रमेश भट्ट अन्तरायिटय युवा उद्यमी सम्मान, भुवन बुढा मगर राष्ट्रिय खेलाडी सम्मान र अन्य लब्ध प्रतिष्ठित व्यक्तित्वहरु समेत सम्मानित भएका थिए ।

सो अवसरमा कलाकारहरुले विविध सांस्कृतिक प्रस्तुतहरु पस्किएका थिए ।कार्यक्रममा अन्तराष्टिय युवा उद्यमी महासंघका मध्य पूर्व अध्यक्ष तथा एनआरएनए आईसीसी सदस्य पुर्ण पोखरिया, न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्ट लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा निगरानी मिडियाका प्रवन्ध निर्देश जीवन शर्माले मिडियालाई माया गरि छोटो समयमा सफलतापूर्वक कार्यक्रम गर्न सक्ने अवस्थासम्म ल्याई पुर्याउन सहयोग गर्ने सबैमा आभार व्यक्त गर्दै कार्यक्रममा उपस्थिती तथा सम्मानित हुने सबैमा धन्यवाद तथा बधाई ज्ञापन व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web