विदुरमा भलबाढीले बिगारेको सडक बनाउन नगरप्रमुख राजन श्रेष्ठबाट योजनाको कार्यालयलाई पत्राचार

साउन १५, २०७९ मा प्रकाशित | 676 views

नुवाकोट। विदुरबाट ढुङ्गेतर्फ पर्ने सडक खण्डको ‘लोकतान्त्रिक चौतारोदेखि डिभिजन वन कार्यालयसम्म’ सडकमा भलबाढी पुराएको क्षतिको मर्मतसम्भार गर्न विदुर नगरपालिकाले चासो देखाएको छ ।
नगरप्रमुख राजन श्रेष्ठले बर्षा हुने बित्तिकै विभिन्न स्थानबाट जम्मा भएर बग्ने भलबाढीले पुराएको क्षतिको टिकाउ हुने गरेर मर्मतसम्भार गर्नको लागी ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ योजनाको कार्यालयलाई भन्नुभएको हो ।
यसअघि पासाङल्यामु सडक खण्ड अन्तरगत पर्ने यस सडक अहिले योजना कार्यालयको जिम्मेवारीमा रहेको भएपनि मुआब्जा विवादले काम रोकिएका कारण कस्को कार्यक्षेत्रमा पर्ने भन्ने विवादले जीर्ण बनेको ‘लोकतान्त्रिक चौतारोदेखि डिभिजन वन कार्यालयसम्म’को सडकलाई टिकाउ हुने गरेर बनाउन नगरप्रमुख राजन श्रेष्ठले योजनाको कार्यालयलाई पत्राचार गर्नुभएको हो ।

No description available.
विदुर नगरपालिका वडा नं. २ को वनदेवी जंगलको विभिन्न स्थानबाट संकलन भएर बग्ने भलबाढी लोकतान्त्रिक चौतारोमा पुगेपछि ढल–नाली सबै पुरिएकाले उक्त ढल–नाली खोल्न र अहिले कटान गरेको १२० मिटर लम्बाईको सडकको दायाबायाँ मर्मतसम्भार गर्न योजनाको कार्यालयलाई भनिएको हो ।
विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले योजनाको कार्यालयसंग छलफल गरेपश्चात आवश्यक ममर्तसम्भारको काम गर्न प्रतिबद्धता जनाएसगैँ त्यसको लागी औपचारिक रुपमा नगरपालिकालको तर्फबाट योजनाको कार्यालयलाई पत्राचार गरिएको हो ।
योजनाको कार्यालयलाई लोकतान्त्रिक चौतारोदेखि डिभिजन वन कार्यालयसम्मको पुरिएको ढल–नाली खुला गर्न र सोही स्थानमा भलबाढीले क्षति पुगेको सडकको मर्मत सहित वन कार्यालयदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालयसम्मको ढल–नाली समेत पुरिएकाले त्यसलाई पनि सुचारु गराउन नगरप्रमुख राजन श्रेष्ठले योजनाको कार्यालयलाई पठाएको पत्रमा भनिएको छ ।

सडकमा पुगेको क्षतिको अवलोकन तथा मर्मतसम्भारको लागी सडक डिभिजन नुवाकोटका प्रमुख अमृतमणी रिमालसंग परामर्श गर्दै नगरप्रमुख राजन श्रेष्ठको थप तस्वीरहरु :

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web