त्रिशूली अस्पतालमा डाईलोसिस सेवा सुरु

साउन १२, २०७९ मा प्रकाशित | 779 views

रामहरि न्यौपाने,
त्रिशूली । न्यूनतम सेवा मापदण्डमा देशकै सर्वोकृष्ट अस्पतालमा घोषित नुवाकोटको त्रिशूली अस्पतालले ५८औँ बर्षिकोत्सवको अवसरसगैँ डाईलोसिस सेवा सुरु गरेको छ । 

त्रिशूली अस्पतालमा (बुधबार) आयोजित कार्यक्रममा स्वास्थ्य सेवालाई नियमित, गुणस्तरीय सर्भसुलभ तथा प्रभावकारी बनाएर स्वस्थ्य सेवा प्रदान गर्ने क्रममा डाईलोसिस सेवा सञ्चालनमा ल्याएको हो । अस्पतालले प्रवाह गर्ने सेवा विस्तारको क्रममा उक्त सेवाको सुरुवात भएको घोषणा गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्रविक्रम सिंह ठकुरीले अस्पतालले बनाएको छवी कायम राख्दै विस्तारित सेवालाई प्रभावकारी बनाउन सुझाब दिनुभयो ।

त्रिशूली अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा डाईलोसिस सेवा सुरु भएसगैँ मिर्गौला परीक्षणको लागी काठमाडौ जानुपर्ने बाध्यता अन्त्य भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
उहाँको अनुसार मिर्गौलाले सामान्य रूपमा काम नगरेको व्यक्तिको रगत शुद्ध बनाउने सेवा त्रिशूली अस्पतालमा सुरु गरिएको हो । नुवाकोट सहित रसुवा, धादिङ लगायतका जिल्लाका बिरामीलाई सेवा दिदै आएको त्रिशूली अस्पताल ५० श्ययाको भएपनि हाल १०० श्ययामा स्तरउन्नतीको लागी प्रयास भइरहेकाले कार्यान्वयन गराउन सबैपक्षबाट सहयोग हुनुपर्ने अस्पतालका मेसु डा.पाण्डेले बताउनुभयो ।
“अस्पतालमा ५९ जनाको स्थायी दरबन्दी भएपनि हाल २८ जना कार्यरत रहेका छन् । उहाँले भन्नुभयो “सेवा सुचारु राख्न १४० जना स्वास्थ्यकर्मी–कर्मचारी विभिन्न श्रोतबाट अस्पतालले व्यवस्थापन गरेको छ ।”

No description available.
हालै सम्पन्न आर्थिक वर्षमा अस्पतालले ७५३ जनालाई ठूलो शल्यक्रिया र पाच हजार १०३ जनालाई सानो शल्यक्रिया सेवा उपलब्ध गराएको बार्षिकोत्सव कार्यक्रममा जानकारी दिइएको छ । अस्पतालका अध्यक्ष राजु पण्डितको अनुसार एक वर्षको अवधिमा बहिरंग सेवा मार्फत ६५ हजार १२० जनालाई सेवा दिइएकोमा चालु आर्थिक वर्षमा सेवा प्रवाहमा गरिएको विस्तारले एकलाख बिरामीलाई सेवा दिने लक्ष्य राखिएको छ ।

“न्यूनतम सेवा मापदण्डमा देशभरका सरकारी अस्पताल मध्ये आ.व २०७७-०७८ मा ८३ अंक ल्याएकोमा गत आ.व २०७८-०७९ मा ९४ अंकको साथ उत्कृष्ट अस्पताल घोषित भएको थियो । अस्पतालले हासिल गरेको सेवाको गुणस्तर जोगाउनु नै अस्पतालको लक्ष्य छ ।” अध्यक्ष पण्डितले भन्नुभयो ।

त्रिशूली अस्पताल ५० श्ययाको भएपनि हाल १०० श्ययामा सञ्चालनमा छ । अस्पतालमा संघन उपचार कक्ष (आईसियू), हाई डिपेन्डेन्सी युनिट (एचडियू), भेन्टिलेटर, शल्यक्रिया थिएटर, कोरोना रोग परीक्षणको लागी आरटी–पिसिआर प्रयोगशाला, अक्सिजन उत्पादन उद्योग लगायतका सेवाबाट अस्पताल उत्कृष्ट भएकाले अबका दिनमा चिकित्सक र स्वास्थ्यकर्मीमा सेवा प्रतिको कर्तव्य जोड दिनुपर्ने सरोकारवालाहरुले सुझाब दिएका छन् ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web