नेकपा एमाले नुवाकोटले स्थानीयतह निर्वाचनको समीक्षा र आसन्न निर्वाचन लक्षित प्रशिक्षण दिने

साउन १०, २०७९ मा प्रकाशित
Published at 2022-07-26

205 views

त्रिशूली । नेकपा एमाले नुवाकोटले स्थानीयतहको निर्वाचनको समीक्षा गर्दै आसन्न निर्वाचन लक्षित प्रशिक्षण दिने भएको छ ।  साउन ११ गते नेकपा एमाले नुवाकोटको आयोजनामा विदुरमा एकदिने प्रशिक्षण दिन लागिएको जिल्ला अध्यक्ष बद्री मैनालीले जानकारी दिनुभएको छ ।
उहाँँको अनुसार प्रशिक्षणमा जनताको बहुदलीय जनबाद अनुरुपको पाटी निर्माण तथा समसामयिक पाटीको राष्ट्रिय राजनीतिको सम्बन्धमा, स्थानीयतह निर्वाचनको सन्देश–शिक्षा र आगामी निर्वाचनको पूर्वतयारीको सम्बन्धमा, वर्तमान राजनीतिक शक्ति सन्तुलन–पाटीको सामार्थ विस्तार र राष्ट्रको मुख्य शक्तिको रुपमा नेकपा एमालेको भूमिकाको विषयमा प्रशिक्षण दिन लागिएको हो ।
यसैगरी, प्रशिक्षणमा सहभागीलाई पाटी र जनप्रतिनिधिबीचको अन्तर सम्बन्ध–समन्वय र स्थानीयतहबाट समाजवादको आधार निर्माण गर्न पाटीले खेल्नुपर्ने भूमिकाको विषयमा प्रशिक्षकबाट जानकारी गराउन लागिएको हो ।
कार्यक्रममा बागमति प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारीहरु, पालिका र वडातहका कमिटीका पदाधिकारीहरु, निर्वाचित पालिका अध्यक्ष र वडा अध्यक्षहरु, जनवर्गिय संगठनका प्रमुखहरु, सम्पर्क मञ्चका पदाधिकारीहरुलाई सहभागिता गराइने भएको छ ।
सहभागीहरुलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेकपा एमालेका पोलिटव्युरो सदस्य इश्वरी रिजाल, बागमति प्रदेश अध्यक्ष केशवराज पाण्डे, नुवाकोट इञ्चार्ज बिन्दा ढुङ्गाना लगायतले प्रशिक्षण दिन लागिएको हो ।
स्थानीयतहको चुनावमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको गठबन्धन र पाटी फुटको कारण नुवाकोटमा नेकपा एमाले पछिल्लो समयमा निकै कमजोर अबस्थामा पुगेको छ । पाटीलाई जिवन्त दिन साउन ११ गते बुधबार आयोजना गरिएको प्रशिक्षणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.