माध्यामिक तहको अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक

साउन ४, २०७९ मा प्रकाशित | 366 views

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स)को नतिजा सार्वजनिक गरेको छ ।

अयोगले असार १८ गते सञ्चालन गरेको लिखित परीक्षामा सहभागी उम्मेदवारहरूको नतिजा प्रदेशगत सार्वजनिक गरेको छ ।

सहभागीमध्ये २३ हजार जनाले अध्यापन पत्र पाउन सफल भएका छन् । आयोगको अनुसार ४३९ परीक्षार्थीले सेट अथवा की लेख्न नजानेकाले परीक्षा रद्द गरिएको जनाएको छ ।

अध्यापन अनुमति पत्र परीक्षामा समावेश भएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइबाट वितरण हुने आयोगले जनाएको छ । त्यसका लागि आयोगले केही दिनमा सूचना जारी गर्ने जनाएको छ ।

आयोगले अध्यापन अनुमति पत्रको परीक्षाको नतिजा चित्त नबुझेमा पुर्योगको व्यवस्था गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web