बागमती प्रदेशसभा बैठक साउन ५ गते

साउन २, २०७९ मा प्रकाशित | 414 views

हेटौंडा । बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ ।

प्रदेशसभाको १०औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि असार २९ गते बसेको उक्त बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि स्थगन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web