पावर हाउस पुरिँदा आमासहित दुई छोराको मृत्यु

असार ३१, २०७९ मा प्रकाशित | 372 views

जुम्ला । जुम्लामा जलविद्युत् आयोजनाको पावर हाउस पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ ।

हिमा गाउँपालिका-१ आचार्य लिहीमा रहेको भित्री खोला लघुजलविद्युतको पावर हाउस पहिरोले पुर्दा त्यहाँ काम गर्ने अपरेटर गोरखबहादुर रावतकी श्रीमती र दुई छोराको ज्यान गएको हो ।

रावतकी ३० वर्षीया श्रीमती विमला, ९ वर्षीय छोरा भरत र ८ वर्षीय छाेरा सूर्य रावतको घटनास्थलमा नै ज्यान गएको हो । प्रहरी चौकी बड्कीका प्रहरी नायब निरीक्षक रामप्रसाद चौलागाईँका अनुसार गएराति ११ बजे पावर हाउसको पानी ओभरलोड भएपछि पहिरो गएको थियो ।

राति दुई बजे खबर आएपछि घटनास्थल पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार अपरेटर गोरखबहादुर रावत गाउँमा रहेकाले उहाँकी श्रीमती र दुई छोरा पावर हाउसमा सुतेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web