श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेद्वारा राजीनामा

असार ३१, २०७९ मा प्रकाशित
Published at 2022-07-15

88 views

काठमाडौँ । देश छाडेर सिङ्गापुर गएका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले राजीनामा दिनुभएको छ ।

हिजो माल्दिभ्सबाट सिङ्गापुर गएका राष्ट्रपति राजापाक्षेले इमेलमार्फत राजीनामा पत्र पठाएका सभामुख महिन्दा यापा अबेवर्दनाले बताउनुभएको बीबीसीले जनाएको छ । राष्ट्रपतिको राजीनामासँगै प्रदर्शनकारीले मध्यरातसम्म सडकमा खुसीयाली मनाएका खबरमा उल्लेख छ ।

राष्ट्रपति राजापाक्षेले यसअघि नै कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रामासिङ्घेलाई सुम्पिनुभएको छ । तर राजीनामा दिनुको साटो प्रधानमन्त्रीले उल्टै कार्यवाहक राष्ट्रपतिको समेत जिम्मेवारी लिएको भन्दै प्रदर्शनकारी आक्रोसित छन् ।

प्रदर्शन चकिँदै गएपछि प्रधानमन्त्री विक्रमासिङ्घेले देशमा सङ्कटकालको घोषणा गर्दै केही ठाउँमा कर्फ्यु लगाउनुभएको छ । आर्थिक रुपमा टाट पल्टिएको श्रीलङ्कामा प्रदर्शनकारीले राष्ट्रपति निवास र प्रधानमन्त्री निवास नै कब्जामा लिएका छन् भने प्रधानमन्त्रीको निजी निवासमा आगजनी गरेका छन् ।

देश आर्थिक रुपमा टाट पल्टिनुको कारण राष्ट्रपति राजापाक्षेको नातावाद मुख्य कारण रहेको उनीहरुको आरोप छ । श्रीलङ्कामा औषधि समेत उपलब्ध हुन छाडेको छ । इन्धन, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको अभाव छ । स्कुल, कलेज बन्द रहेका छन्, इन्धन अभावमा यातायात र कलकारखाना समेत ठप्प रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.