प्रधानमन्त्री देउवाले गरे भानुको प्रतिमामा माल्यार्पण

असार २९, २०७९ मा प्रकाशित | 262 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा उनको शालिकमा माल्यार्पण गरेका छन् ।

आज बिहान आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री देउवाले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अवस्थित भानुको शालिकमा माल्यार्पण गरेका हुन् ।

प्रज्ञा-प्रतिष्ठानद्वारा भानु प्रतिष्ठानसँगको सहकार्यमा आयोजना भएको प्रभातफेरीसहितको शोभायात्रापछि प्रतिमामा माल्यार्पण गरिएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web