श्रीलंकाका प्रधानमन्त्री राजीनामा दिने तयारीमा

असार २५, २०७९ मा प्रकाशित | 422 views

काठमाडौँ । राष्ट्रपति गोटावाया राजापाक्षेले निवास छाडेर भागेपछि श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिँघेले पनि राजीनामा दिने तयारी गर्नुभएको छ ।

आज भएको सर्वदलीय बैठकमा उहाँले देशको समस्या समाधानको लागि आफूले राजीनामा दिएर संयुक्त सरकार बनाउन तयार रहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

राष्ट्रपति राजापाक्षेको निवास प्रदर्शनकारीले कब्जा गरेपछि प्रधानमन्त्री विक्रमासिँघेले सर्वदलीय बैठक बोलाउनुभएको थियो ।

बैठकमा विपक्षी समागी जन बालवेगया (एसजेबी)ले राष्ट्रपति र प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने, सभामुखले बढीमा ३० दिनसम्म अस्थायी राष्ट्रपतिको रुपमा काम गर्ने, सर्वदलीय सरकार गठन गर्ने र चाँडै चुनाव गराउने माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web