बूढीगङ्गामा केहीबेरमा मतगणना सुरु हुँदै

असार २४, २०७९ मा प्रकाशित | 316 views

काठमाडौँ । बाजुराको बूढीगङ्गा नगरपालिकामा हिजो भएको पालिका चुनावको मतगणना आजदेखि सुरु हुँदैछ ।

मतगणनाको लागि केहीबेरमा सर्वदलीय बैठक बस्न लागेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिनुभयो ।

हिजो रातिदेखि नै मतगणना सुरु गर्ने योजना भए पनि मतपेटिक सङ्कलन, मुचुल्का उठाउने लगायतका काममा ढिलाइ भएको र कर्मचारी तथा दलका प्रतिनिधिले पनि थकाइका कारण आजदेखि मात्रै गणना सुरु गर्ने सहमति गरेको कडायतले बताउनुभयो ।

बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । बूढीगङ्गामा गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुन: चुनाव गरेको हो ।

बूढीगङ्गाको मेयरमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web