अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा

असार २२, २०७९ मा प्रकाशित | 336 views

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएकाे छ । आज बुधवार प्रतिनिधि सभा बैठकमा बाेल्दै उहाँले राजीनामा दिनुभएकाे हाे ।

बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर गम्भीर गल्ती गरेको आरोप लागेपछि शर्माले राजीनामा दिनुभएको हो ।

उहाँमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो । उहाँले छानबिन समितिलाई सघाउने प्रतिबद्धता पनि जनाउनुभएकाे छ ।

‘मेराे राजीनामा माग्ने नागरिक समाज, युवा पङ्क्तिलाई धन्यवाद । मैले गल्ती गरेकाे छैन । तथ्यमा गइदिनुहाेला धन्यवाद’, अर्थमन्त्री शर्माले भन्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web