काठमाण्डौ महानगरलाई सफा राख्न सरसफाइ अभियान

असार २२, २०७९ मा प्रकाशित | 384 views

काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले नगरलाई सफा राख्न भन्दै सरसफाइ अभियान थालेको छ ।

अभियान अन्तर्गत अहिले महानगर भित्रका पाँच ठाउँमा छुट्टाछुट्टै टोली बनाएर सरसफाइकर्मी खटिएका महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले महाराजगञ्ज, कोटेश्वर, कलङ्की, बालाजु र महाङ्काल–टुँडीखेल क्षेत्रमा सफाइ भइरहेको छ । सफाइका लागि ७५ जना सरसफाइकर्मी खटिएका छन् ।

यो अभियान अन्तर्गत सडकमा ढुङ्गा, माटो वा फाेहर जे भेटिए पनि त्यसलाई उठाइने छ । महानगर क्षेत्रमा नियमित बढार्ने काम भइरहे पनि नतिजा देखिने गरी काम नभए पछि यो अभियान थालेको सापकोटाले बताउनुभयो । काठमाण्डौ महानगरका धेरै ठाउँमा अहिले पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्छ ।

यस्तै, ठाउँठाउँमा भएका खाल्डाखुल्डीका कारण यात्रुलाई ओहोरदोहोरमा समस्या हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web