राहदानी वितरण प्रभावकारी बनाउन युवा संघको माग

असार १९, २०७९ मा प्रकाशित | 459 views

काठमाडौँ । राहदानी (पासपोर्ट) वितरण प्रभावकारी बनाउन माग गर्दै एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले राहदानी विभागमा ज्ञापन पत्र बुझाएको छ ।

आइतबार दिउँसो त्रिपुरेश्वरस्थित विभागको कार्यालयमा जुलुससहित पुगेका युवा संघका कार्यकर्ताले ज्ञापन पत्र बुझाएका हुन् ।

राहदानी वितरणलाई द्रूत र प्रभावकारी बनाउनु पर्ने, प्रभावकारी सर्भर प्रयोग गरी घरबाटै सहजरुपमा फाराम भर्नसक्ने वातावरण बनाउनु पर्ने, जिल्लाबाट दिइने सेवा प्रभावकारी बनाउनुपर्ने र बिचौलियालाई निषेध गर्नुपर्ने माग युवा संघको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web