देशका धेरै ठाउँमा झरी, केही ठाउँमा ठूलो वर्षा

असार १५, २०७९ मा प्रकाशित | 240 views

काठमाडौँ । गएरातिदेखि नै देशका धेरै ठाउँमा पानी परिरहेको छ । सातै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको झरी छ भने केही ठाउँमा ठूलो वर्षा भएको छ ।

वर्षाका कारण सबैभन्दा धेरै असर प्रदेश-१ मा परेको छ । मोरङको गछिया खोलामा आएको बाढीले बगाउँदा सुन्दर हरैँचा-६ का ५८ वर्षका रामबहादुर विकको ज्यान गएको छ मोरङका धेरै ठाउँ डुबानमा परेको छ ।

यस्तै, झापामा पनि धेरै ठाउँ डुबानमा परेका छन् । लगातारको झरीले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । प्रहरीले डुबान प्रभावित ठाउँका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सार्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web