प्रचण्डद्वारा फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त

असार १०, २०७९ मा प्रकाशित | 261 views

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले फेरी एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आशिर्वाद दिएको प्रसंग उल्लेख गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताउनु भएको हो । नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यो परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि प्रहार गर्दै अघि बढने बताउनु भयो ।

अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दावी समेत गर्नु भयो । यस्तै अध्यक्ष दाहालले देशमा देखिएको आर्थिक संकटलाई टार्नका लागि पर्यटक क्षेत्र एकमात्रै भरपर्दाे माध्याम भएको बताउनु भयो । उहाँले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web