काठमाण्डौ उपत्यकामा ठूलो वर्षा, ३ घण्टा सतर्कता अपनाउन आग्रह

असार १०, २०७९ मा प्रकाशित | 399 views

काठमाडौँ । काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा ठूलो पानी परेको छ । यसले गर्दा नदी तथा खोला किनारामा पानीको सतह बढेको छ भने उपत्यकाका ठाउँठाउँमा पानी जम्दा जलमग्न भएकाे छ।

गएरातिदेखिको वर्षाका कारण उपत्यकाका हनुमन्ते, मनोहरा खाेला, वाग्मती र यसका सहायक नदीमा बाढीको खतरा छ ।

नदी किनारको बाटो भइ यात्रा गर्दा अबको ३ घण्टा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आग्रह गरेको छ । बिहान ६ बजे सूचना निकालेर केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web