अफगानिस्तानमा भूकम्पमा परेर २ सय ५० जनाको मृत्यु

असार ८, २०७९ मा प्रकाशित | 455 views

काठमाडौँ । अफगानिस्तानको पक्तिका प्रान्तमा गएको भूकम्पमा परेर २ सय ५० जनाको ज्यान गएको छ । कयौँ नागरिक घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भैरहेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बिहान ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट झण्डै ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर छ । यो भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतको पाँचसय किलोमिटर धेरै क्षेत्रमा महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अफगानिस्तान सरकारका प्रवक्ता बिलाल करीमीले तत्काल उद्धार, राहत तथा थप प्रकोप रोक्नका लागि आवश्यक टोली परिचालन भएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web